सुचना, समाचार र मनोरन्जन

‘शरदको चिसो हावामा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं :

मौसम शरद ऋतुको चिसो हावासँगै नेपाली संगीत बजारमा नयाँ गीत सार्वजनिक भएको छ। चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द र संगीतमा तयार भएको गीत ‘शरदको चिसो हावामा’को भिडियो सार्वजनिक गरिएको हो।

विदेशी भूमिमा व्यस्त जीवन बिताइरहेका ईश्वर थापाले नेपाली गीत–संगीतप्रति निरन्तर माया र समर्पण देखाउँदै एकपछि अर्को सिर्जना सार्वजनिक गर्दै आएका छन्। त्यही क्रममा उनको पछिल्लो कोसेलीको रूपमा ‘शरदको चिसो हावामा’ दर्शक–श्रोता माझ आएको हो।

गीतमा एडवर्ड थापाको स्वर रहेको छ। भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ। कनाडाका सुन्दर दृश्यावलोकनसँगै प्रेम र अनुभूतिको भावनात्मक प्रस्तुति भिडियोमा देखाइएको छ।

भिडियोको छायांकन, सम्पादन र निर्देशन हेर्का लामाले गरेका हुन्। गीतमा दृश्य र संगीतको सन्तुलन मिलाएर शरद ऋतुको चिसो हावामा प्रेमको अनुभूति उजागर गर्ने प्रयास गरिएको छ।

यसअघि, अभिनेता थापाले बडा दशैंको अवसर पारेर ‘दशैंको टिका’ गीतको भिडियो सार्वजनिक गरेका थिए, जसलाई पनि दर्शकले मन पराएका थिए। नयाँ गीत ‘शरदको चिसो हावामा’ मार्फत उनले पुनः आफ्ना दर्शक–श्रोताको मन जित्ने अपेक्षा राखिएको छ।

Leave A Reply

Your email address will not be published.