सुचना, समाचार र मनोरन्जन

सेयर बजार २६०० अंकमा उक्लियो, सवा ६ अर्बको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ ।

सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १।३३, लगानी २।०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०।२५ प्रतिशत बढे ।

तीन कम्पनी सागर सिस्टिलरी, बन्दीपुर केबुलकार तथा झापा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै स्वस्तिक लघुवित्तको ८.१९, छ्याङ्दी हाइड्रोपावरको ६।२९, जोशी हाइड्रोपावरको ५.९३, समता घरेलु लघुवित्तको ४.९७ प्रतिशत मूल्य बढ्यो ।

पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.६५ प्रतिशत घट्यो । मोदी इनर्जीको ४.४९, सप्तकोशी विकास बैंकको ४.४७, सिन्धु विकास बैंकको ४.१८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

Leave A Reply

Your email address will not be published.