काठमाडौं :
बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाले नयाँ भक्ति गीत “लामा खेन्नो” सार्वजनिक गरेका छन्। गीत उनको युट्युब च्यानल ‘Khenpo Pem Tsheri Sherpa’ मा उपलब्ध छ। न्ह्यू बज्राचार्यको संगीत र गोपाल प्याकुरेलको शब्दमा रहेको यो गीतले गुरु-शिष्यको निष्ठा र बौद्ध आस्थालाई उजागर गरेको छ। “लामा” भनेको गुरु र “खेन्नो” भनेको “मलाई बचाउनुहोस्” भन्ने अर्थमा प्रयोग गरिएको छ।
यस गीतमा शिष्यले गुरुको शरणमा पुगेको, मार्गदर्शन र संरक्षणको याचना गरेको देख्न सकिन्छ। गोपाल रसाइलीको संगीत संयोजनले नेपाली र तिब्बती धुनहरूको मिश्रण प्रस्तुत गरेको छ।भिडियोमा स्वयम् खेन्पो पेम छिरी शेर्पा र बालकलाकार संगम तामाङको अभिनय रहेको छ। मिलन शंकरको छायांकन र बिभोर पोखरेलको सम्पादन तथा निर्देशनमा बनेको यो म्युजिक भिडियोले भक्ति भावलाई जीवनमा प्रेरणा दिन्छ।