सुचना, समाचार र मनोरन्जन

‘छम छम नाच्ने हो…’भन्दै दर्शकसामु आइन् गायिका शेर्पा

काठमाडौं :

गायक कलाकारहरुले एकपछि अर्को तीज गीज डिजिटल बजारमा पस्कने क्रममा गायिका पेमा शेर्पा राईले ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ सार्वजनिक गरेकी छन्। गायिका शेर्पालाई निशा राई, पवित्रा गुरुङले स्वरमा साग दिएका छन् भने शब्द श्यामकुमार बानियाँ, संगीत ओम प्रकाश राईको रहेको छ।

सञ्जु मोक्तान, मन्दिरा शिवाकोटी, अमिषा रिसाल, अनिता केसी, दुर्गा घिमिरे, कल्पना मगर, दिप्ती महत, कञ्चन गुरुङ, मञ्जिला शिव, अब्जिला चौधरी, राज रुम्बा, अन्जल शाहको अभिनय र नृत्य रहेको ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ को भिडियोमा छायांकन अरुण न्यौपाने, सम्पादन ओम प्रसाई, कोरियोग्राफी नवराज बस्नेत र निर्देशन ओमप्रकाश राईको रहेको छ।

Leave A Reply

Your email address will not be published.