सुचना, समाचार र मनोरन्जन

गोविन्द नागिलाको ‘आमा तिमिलाई’मा शिल्पा पोखेलको अभिनय (भिडियो सहित)

काठमाडौं :

नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ। छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ।

गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन । गीतमा शान्तीश्री परियारको आवाज रहेको छ। गीतलाई नागिला नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायाँकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा बस्तु समेतिएको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन्।

Pach Pandav

नागिलाका अन्य ३ वटा गीतहरु अडियो तयार भैसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षा समेत रहेको उनले उल्लेख गरे। उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगाएका कलाकारको अभिनय रहेको छ। उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा स्रुवतराज आचार्यको निर्देशन रहेको छ।

‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैलेपनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबा,आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पुजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो।

Leave A Reply

Your email address will not be published.