सुचना, समाचार र मनोरन्जन

असार ७ मा कमल एक्चैको चलचित्र ‘शिरफूल’

काठमाडौँ:

कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ। चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो। नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए ।

चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ। राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको  भूमिका रहेको छ।  तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका चलचित्रलाइ आर आर फिल्म्सले देशभर वितरणको जिम्मा लिएको छ। निर्देशक कमलको निर्देशनमा यस अघि चलचित्र ‘डेसान’ प्रदर्शनमा आइ सकेको छ।

Leave A Reply

Your email address will not be published.