सुचना, समाचार र मनोरन्जन

देशभर ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट पुग्यो

काठमाडौँ,

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ । महालेखाको आर्थिक वर्ष २०८०÷८१ प्रतिवेदनमा ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको उल्लेख गरेको छ ।

तर, सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने लिएको थियो । माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २।७ प्रतिशत रहेको छ ।

उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ प्रतिशत प्रगति देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.