सुचना, समाचार र मनोरन्जन
Sarangi

शोभित बस्नेत भन्छन् : बोर्डले फिल्मको कमाई सार्वजनिक गरेपछि कलाकारको हैसियत पनि थाहा भो

काठमाडौं :

नेपाल चलचित्र विकास बोर्डले हरेक महिना रिलिज भएका फिल्मको कलेक्शन डाटा सार्वजनिक गर्न थालेपछि निर्माताहरु मुरमुरिएका छन्। तर अभिनेता तथा निर्माता समेत रहेका शोभित बस्नेत भने खुसी देखिएका छन्। उनले फिल्मको कमाइ सार्वजनिक गर्दा थुप्रै निर्माताहरु मारमा पर्नबाट जोगिएको बताए।

शुक्रबार आफू निर्मित फिल्म ‘जय हो’को आयोजित पत्रकार सम्मेलनमा निर्माता बस्नेतले फिल्मको कमाइ सार्वजनिक गर्नु एकदम राम्रो कुरो भएको बताए।

‘बोर्डले जुन लिस्ट निकाल्यो, यो एकदम ठीक ग¥यो किनभने त्यो कलाकारको पक्षमा छ,’उनले भने,‘ यो लिस्ट हेरेपछि कलाकारले आफूले लिएको रेट अनुसार फिल्मले कमाएको छ कि छैन भनेर सोच्न बाध्य भएको छ ।’

हरेक कुरामा आफ््नो प्रष्ट भनाई राख्दै आएका बस्नेतले यसरी फिल्मको कमाई सार्वजनिक हुन थालेपछि धेरै निर्माता फस्नबाट जोगिएको र करोडको केक काट्ने कार्यक्रम पनि हुन छाडेको बताए।

शोभितले अगाडि भने, ‘जसले पायो त्यसले फिल्म बनाउन नसक्ने भए । कलाकारले पनि हैसियत बुझ्न भए । निर्माताले पनि सोचेर फिल्म बनाउने भए । आर्टिस्टले आफ्नो पारिश्रमिक नै अल नेपालबाट कमाउन सक्दैन भने किन निर्मातालाई मारमा पार्ने ?’

Leave A Reply

Your email address will not be published.