सुचना, समाचार र मनोरन्जन

‘क्यामिनो’ छाडेर ‘काजी’मा वर्षा

काठमाडौं :

नेपाली फिल्ममा बेग्लै पहिचान बनाएकी अभिनेत्री वर्षा शिवाकोटीले फिल्म ‘क्यामिनो’बाट बाहिरिएकी छन्। लामो समयसम्म फिल्म फ्लोरनमा नगएपछि फिल्म नब्बने हिसावले बाहिरिएकी हुन् भन्ने चर्चा छ। एकिन भने भएको छैन।

Chaka Panja

निर्धारित समयमा छायांकन नहुँदा यस अघि सौगात मल्ल, राजबल्लभ कोइराला र नीति शाहले फिल्म छाडिसकेका छन्। उनीहरुपछि वर्षा सिवाकोटीले पनि फिल्म छाडेकी हुन् । वर्षा बाहिरिएपछि फिल्मका अभिनेता प्रदीप खड्का मात्र बाँकी रहेका छन् ।

क्यामिनोबाट बाहिरिएपछि वर्षा फिल्म ‘काजी’मा अनुबन्धित भएकी छन्। आगामी भदौ महिनाबाट लक्ष्मण रिजालको निर्देशन र रामप्रसाद रिजालको निर्माणमा बन्न लागेको फिल्म ‘काजी’मा काम गर्ने तयारीमा छिन् । नयाँ नयाँ वर्षको छेकोमा रिलिज हुन हुने भनिएको वर्षासँगै विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको पनि अभिनय रहनेछ ।

Leave A Reply

Your email address will not be published.