सुचना, समाचार र मनोरन्जन

नेपाल–भारत सीमाक्षेत्र नजान चिनियाँ नागरिकलाई आग्रह

काठमाडौँ,

 नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।

दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’

उक्त सन्देशमा भनिएको छ, ‘नेपाल(भारतको सीमा खुला छ, त्यसैले व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’

भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण भारत र नेपाल दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।

Leave A Reply

Your email address will not be published.