
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने
- निजामती कर्मचारीको सरुवा र वृत्ति विकासलाई पारदर्शी बनाउन ‘निजामती सेवा बोर्ड’ गठनको प्रस्ताव
- कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित: मन्त्री चौधरी
- प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
- रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
- ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’
- राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य
- रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन
- राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
- ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
काठमाडौँ,
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण उत्पन्न यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलिया सरकारबाट व्यक्त ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्याएको महत्त्वपूर्ण सहयोग, विपद् सहायता तथा विपद् सहायता टोलीको परिचालन, विशेषज्ञ जनशक्तिको सहयोग तथा आवश्यक राहत सामग्री र उपकरणको उपलब्धताका लागि विशेष धन्यवाद दिनुभयो । अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको अष्ट्रेलियाको मित्रता र ऐक्यबद्धताको महत्त्वपूर्ण अभिव्यक्ति भएको उहाँले उल्लेख गर्नुभयो । त्यस अवसरमा वाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका साथै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्यको विषयमा कुराकानी भएको थियो ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका बढ्दो जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास ‘क्षति र नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त तथा पूर्वानुमानयोग्य पहुँचको महत्त्वमा समेत प्रधानमन्त्री शाहले जोड दिनुभयो ।
भेटमा राजदूत साइमन अन्स्र्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । साथै, उहाँले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गर्नुभएको थियो । भेटका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै विपद् व्यवस्थापन, जलवायु, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल भएको थियो ।