Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
मुस्ताङ,
यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु गरिएको छ । नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो ।
हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्यले स्की सङ्घले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ । पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगित त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको छ । मुस्ताङमा सन् २०१९, सन् २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो ।
पाचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि काठमाडौँबाट खेलाडी तथा अफिसिय टोली मुस्ताङ आइसकेका छन् । टोलीले बुधबार मुक्तिनाथ क्षेत्रमा स्की खेल खेलाउनका लागि ‘ग्राउन्डलुप’ निर्माण गरिसकेका छन् ।
मुस्ताङ स्की सङ्घका अध्यक्ष सुरज गुरुङले स्की खेल तथा प्रतियोगिताका लागि आजदेखि तालिम प्रशिक्षण सुरु भइसकेको जानकारी दिए । आज जुनियर स्की खेलाडीका लागि प्रशिक्षण दिइँदै छ भने शुक्रबार सिनियर खेलाडीलाई तालिम दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार माघ २४ गते ९शनिबार० राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्ने कार्यतालिका रहे पनि मौसमको अवस्था हेहरे यसको कार्यतालिका तय गरिने छ । हिउँमा खेलिने साहसिक खेल स्की प्रतियोगिताका लागि १४ पुरुष र १० जना महिला खेलाडी सहभागी हुनेछन् । यसैगरी मुस्ताङबाट पनि नेपाली सेनाबाट केही खेलाडीले भाग लिने आयोजकले जनाएको छ।
पाँचौँ स्की राष्ट्रिय स्की प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटी एवं नेपाल स्की सङ्घका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल स्की सङ्घका महासचिव विजय श्रेष्ठलगायत टोली मुस्ताङ आउँदै हुनुहुन्छ । सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन र शारीरिक प्रशिक्षक बिमन्थ अधिकारीलगायतले खेलाडीलाई प्रशिक्षण दिनुहुने सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए ।
यसपटकको प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम स्की र ज्यान स्लालोम स्की विधि समेटिएको नेपाल स्की सङ्घका महासचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कास्य पदकसहित पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि मुस्ताङ आएका खेलाडी तथा अफिसियलको सम्पूर्ण आवास, खाजाखाना र यातायाता खर्च नेपाल स्की सङ्घले व्यहोर्ने महासचिव श्रेष्ठले जनाए ।
सन् २०२२ पछि आयोजना हुन नसकेको स्की प्रतियोगिता जारी याममा मुक्तिनाथ क्षेत्रमा हिमपात भएपछि आयोजना गर्न सम्भव भएको हो । जारी याममा मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएको छ ।
बन्दोबस्तीका पोसाक र उपकरण प्रयोग गरी हिउँमा चिप्लेटी खेलिने खेललाई स्की प्रतियोगिता भन्ने गरिएको छ । विकसित मुलुकमा कृतिम हिउँमा यसप्रकारको खेल खेलाइने भए पनि नेपालमा स्रोतसाधन नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुँदै आएको सङ्घले जनाएको छ । नेपाल स्की सङ्घले हिउँदयामको मौसममा प्राकृतिमा हिउँ परेको समय पारी स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँमा स्की खेलको रौनक सुरु भएपछि पर्यटक तथा स्थानीय नागरिकमा उत्साह छाएको छ । हिउँमा खेलिने स्की खेलको माध्यमबाट बेमौसमको पर्यटन घाटालाई कम गर्ने विश्वास गरिएको छ । यस प्रकारका हिउँमा खेलिने खेललाई राज्य पक्षले उच्च प्राथमिकता राख्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
Next Post