काठमाडौं :
नेपाली फिल्म ‘आँखा’ ले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ। निर्देशक जौन योञ्जन निर्देशित यस फिल्मले २९औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल मा दुई विधामा अवार्ड जित्न सफल भएको हो।
फिल्मले उत्कृष्ट फिल्म को अवार्ड प्राप्त गर्नुका साथै, मुख्य अभिनेत्री स्मिता लामिछाने ले उत्कृष्ट अभिनेत्री को अवार्ड जितेकी हुन्। यो अवार्ड समारोह इटालीको बिर्गामो शहरमा १४ सेप्टेम्बर मा आयोजना हुने तय भएको छ।
यसअघि पनि ‘आँखा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ९ल्क्ष्ँँ० मा तीन विधामा अवार्ड जितिसकेको थियो। समाजका संवेदनशील पक्षहरू उजागर गर्ने प्रयास गरिएको यो फिल्म असोज ११ गते नेपालमा सार्वजनिक गरिएको थियो। तर, बाढीपहिरो का कारण त्यतिबेला यसको प्रदर्शन प्रभावित भएको थियो।
निर्देशक जौन योञ्जन हाल आफ्ना नयाँ दुई परियोजनामा व्यस्त छन्। उनको अर्को फिल्म ‘म राजेश हमाल’ रिलिजको तयारीमा रहेको छ भने, ‘रोल नम्बर वान’ नामक फिल्म निर्देशनको काममा लागिपरेका छन्। ‘आँखा’ को यो सफलता नेपाली फिल्म क्षेत्रको लागि अन्तर्राष्ट्रिय स्तरमा गर्वको विषय बनेको छ।
