सुचना, समाचार र मनोरन्जन

पीएन क्याम्पसको स्ववियु चुनावमा ३९ दशमलव १२ प्रतिशत मात्रै मत खस्यो

काठमाडौं/

पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ ।

क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो ।

क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण मतदताको संख्या कम भएको हो ।

‘विद्यार्थीलाई कार्ड लैजान भनेका थियौं । कार्ड नलगेका कारण मतदाता विद्यार्थीको संख्या कम भएको हो,’ उनले भने ।

विद्यार्थी प्रतिनिधिसँग बैठक बसेर गणना गरिने उनले बताए । गत ५ चैतमा रोकिएको मतदान आज भएको हो ।

Leave A Reply

Your email address will not be published.