सुचना, समाचार र मनोरन्जन
RU

भारतिय गायक सोनु निगमले हायातमा गाउदैछन् आफैले गाएको हिट गीत ‘उकाली ओराली गर्दै’

काठमाडौं :

भारतिय गायक सोनु निगमले आफुले गाएका नेपाली सहित भारतिय गीतले गुञ्जाउने भएका छन्। उनले आगामी क्रिसमसको अवसरमा पारेर अर्था पुस १० गते काठमाडौंमा गुञ्जिंदैछन्।हायात होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा नेपाली सहित भारतिय आफ्ना गीतहरु नेपाली प्रशंसकलाई सुनाउने भएका छन्।

उक्त कार्यक्रममा उनले आफुले २०५३ सालमा गाएको हिट फिल्म ‘सिमाना’मा समावेश चर्चित गीत ‘उकाली ओराली गर्दै’ गाउनु भएका हुन्। यो सन्दर्भमा गायक निगमले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै नेपाली फ्यानलाई सम्बोधन गर्दै छिट्टै भेट्न आफू आतुर रहेको बताएका छन्। उक्त भिडियोमा उनले ‘उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै’ गीत गाएर सुनाएका छन्। उनले नेपाली र हिन्दी गीत गीत कार्यक्रममा सुनाएर आफ््ना फ्यानहरुलाई मनोरन्जन दिने भनाई राखेका छन्।

उनी भिडियो सन्देशमा भन्छन्,‘धेरै भयो तपाईंहरुसँग नभेटेको, डिसेम्बर २५ मा भेट्नेछु।’ नेपाली टचले निगमलाई यो प्रतीक्षित कन्सर्टका लागि नेपालमा ल्याउन लागेको हो। आयोजकका अनुसार सोनु निगमका उकाली ओराली गर्दै, फूलको डाली(डालीमा, यो जिन्दगीले के गर्‍यो, यो मायाले मलाई’ लगायत नेपाली गीत चर्चितहरु पस्किने छन्।

Leave A Reply

Your email address will not be published.