सुचना, समाचार र मनोरन्जन

एनवाईसीलाई तेस्रो नवदुर्गा कपको उपाधि 

 

पोखरा : नवदुर्गा युवा क्लब पोखरा-१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ।

गलकोट क्लब उपविजेता बन्यो। प्रथम र द्वितीय समूहले क्रमशः ४५,००० र ३०,००० का साथमा ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरे।

बेस्ट पिलेयर ,बेस्ट सेटर,बेस्ट डिफेन्डर ले एक हजारको साथमा टर्फी ,मेडल र प्रमाणपत्र हात पारे।

तीन दिन सम्म चलेको प्रतियोगितामा १६ समूहको सहभागिता रहेको खेल संयोजक सन्त बहादुर थापाले जानकारी दिए। विजयी समूहलाई वडा सदस्य बल बहादुर बराल,सुचीता तामाङ र सरिफ मियाले पुरस्कार वितरण गरेका थिए। यसैबीच कलाकार अमर धितालले सांगीतिक प्रस्तुति राखेका थिए।

क्लबका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदर्शन बरालले गरेका थिए।

Leave A Reply

Your email address will not be published.