सुचना, समाचार र मनोरन्जन

नियासा प्रधानाङ्ग र समिका भटराई बने आठौं राईजींगस्टारका विजेता

काठमाडौं :

क्रियटीभ वल्र्ड नेपालको आयोजनामा हालै आठौं संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सिजन ८ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको प्रेक्षालयमा भएको कार्यक्रमबाट यो बर्ष जुनियर क्याटगोरीबाट एभरेष्ट इङ्लिस स्कुल, भक्तपुरमा कक्षा ५ मा अध्ययनरत नियासा प्रधानाङ्ग र सिनियर क्याटगोरीबाट काठमाडौं ग्लोबल स्कुल, गंगबुमा कक्षा ७ मा अध्ययनरत समिका भटराई वबजयी बन्न सफल भएका छन् । बिजेताद्धयले नगद रु. १००,०००।– को चेकसहित अवार्ड, क्राउन र विभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

फस्ट रनरअपको उपाधी भने जुनियर क्याटगोरीबाट नाइटिंगेल स्कुल, कुपण्डोलमा कक्षा ३ मा अध्ययनरत स्पर्श राई र सिनियर तर्फ आइडियल मोडल स्कुल धोबिघाटमा कक्षा ८ मा अध्ययनरत प्रतिक जोशीले प्राप्त गर्न सफल भएका छन् । स्पर्श राईले मोस्ट ट्यालेण्टेडको अवार्ड पनि हात पारेका छन् ।

सेकेन्ड रनरअपको उपाधी लिन सफल भएका छन् जुनियर क्याटगोरीबाट बेबीलोन नेशनल स्कुल, शान्तिनगरमा कक्षा ४ मा अध्ययनरत शाइस्ता रेग्मी र सिनियर क्याटगोरीबाट काठमाडौं ग्लोबल स्कुल, गंगबुमा कक्षा १० मा अध्ययनरत दिक्षा पाण्डेले ।

प्याब्सन काठमाडौंको सहकार्यमा सम्पन्न भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सिजन ८ कार्यक्रममा ७३ जना काठमाडौंका बिभिन्न स्कुलहरुमा अध्ययन गर्ने कक्षा २ देखि १० सम्मका बिद्यार्थी भाइबहिनिहरु बिभिन्न चरणको अडिशन राउण्डबाट छनौट भएर अन्तिम प्रतिश्पर्धाका लागि सहभागी भएका थिए । अर्याल होटलको सुविधा सम्पन्न कार्यक्रमहलमा १२ दिन सम्म ७३ जना प्रतिश्पर्धीहरुलाई जीवन उपयोगी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले बन्द प्रशिक्षण गराइएको थियो । कार्यक्रममा टप–थ्री देखि टप–सेभेन सम्म र बिभिन्न विधामा अन्य २४ जनालाई सबटाइटल अवार्ड उपाधी प्रदान गरिएको थियो भने सातजना अभिभावकहरुलाई बेष्ट प्यारेन्ट्स अवार्डबाट समेत सम्मानित गरियो ।

कार्यक्रममा प्रमुख निर्णायकको रुपमा साँस्कृतिक संस्थानका निवर्तमान महाप्रबन्धक एवं बरिष्ठ पत्रकार श्री अशोकप्यासी राई र अन्य निर्णायकहरुमा प्याब्सन काठमाडौंका उपाध्यक्ष श्री सुर्य भण्डारीे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष कवि बम बानियाँ, प्रशिद्ध गायक अशोक मुकारुङ, मिस लिटिल लेडी ढठ, मिसटिन द्दण्ण्घ कि बिजेता तथा प्रिमियर इन्टरनेशनल क्ष्द्य कन्टिनम स्कुलका एकेडेमिक डाइरेक्टर प्रभिना थापा, मिस मंगोल २०२१ की बिजेता अप्रिल्ला घिसिङ, राइजिंगस्टार सिजन २ का बिजेता अनुष्का मानन्धर र राईजिंगस्टार सिजन ५ का बिजेता प्रशुन बडाल रहेका थिए ।

शैक्षिक सत्रको अन्त्यमा हुने लामो बिदाको सदुपयोग गर्दै बिद्यार्थी भाइबहिनिहरुमा लुकेर रहेको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरतालाई राष्ट्रियस्तरको कार्यक्रम मार्फत प्रश्तुत गर्ने प्लेटफर्मको रुपमा राइजींगस्टार कार्यक्रम बिगत १० बर्ष देखि आयोजना गरिदै आएको कार्यक्रमका कार्यकारी व्यवस्थापक प्रतिष्ठित संगीतकार एवं प्राज्ञ श्री शान्तिराम राईले बताए । आगामी नवौं संस्करणको पहिलो अडिसन माघ १९ गते शनिवार हुने र फाइनल कार्यक्रम २०८२ को बैशाख ७ गते शनिवार हुने करा पनि उक्त अवसरमा जानकारी गराए ।

टप–थ्री अवार्ड – जुनियरबाट बागमति बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत साइन खत्री र सिनियर तर्फबाट इष्टपोल स्कुलमा कक्षा ७ मा अध्ययनरत शुभम बस्नेत ।
टप–फोर अवार्ड – जुनियरबाट नाइटिंगेल स्कुलमा कक्षा ५ मा अध्ययनरत राजवीर जैसवाल र सिनियरबाट काठमाडौं ग्लोबल स्कुलमा कक्षा ८ मा अध्ययनरत अभियान गिरी ।
टप–फाइभ अवार्ड – जुनियरबाट युनाइटेड युनिभर्सल स्कुलमा कक्षा ५ मा अध्ययनरत युङ पुनमगर र सिनियरबाट केएम्सी स्कुल बुद्धनगरमा कक्षा ६ मा अध्ययनरत अस्मि श्रेष्ठ ।
टप–सिक्स अवार्ड – जुनियरबाट लिटिल एन्जल स्कुलमा कक्षा ५ मा अध्ययनरत मोनालिसा यादव र सिनियरबाट होपभ्याली स्कुल इमाडोलमा कक्षा १० मा अध्ययनरत बिबिसा उप्रेति ।
टप–सेभेन अवार्ड – जुनियरबाट युनाइटेड स्कुलमा कक्षा ४ मा अध्ययनरत संरक्षिका उपाध्याय र सिनियरबाट इष्टपोल स्कुल जोरपाटीमा कक्षा ६ मा अध्ययनरत सोहन चौंलागाइ ।

मोस्ट ट्यालेन्टेड अवार्ड – जुनियरबाट श्पर्स राई कक्षा ३ , सिनियरबाट दिक्षा पाण्डे, कक्षा १०
बेष्ट फ्रेण्डशीप अवार्ड – जुनियरबाट रोमन लोप्चन, कक्षा ५, सिनियरबाट क्रीष्टिना पाण्डे, कक्षा ६
बेष्ट लिडरशीप अवार्ड – जुनियरबाट एलिजा बराल, कक्षा ४, सिनियरबाट शाब्दि थापा, कक्षा ६
मोष्ट हेल्फुल अवार्ड – जुनियरबाट खुशीशंकर बिश्वकर्मा, कक्षा ३, सिनियरबाट क्रितेशपल अधिकारी, कक्षा ९
मोष्ट अविडियन अवार्ड – जुनियरबाट शान्भि शाही, कक्षा ३, सिनियरबाट अशुना कार्की, कक्षा ७
मोष्ट पपुलर अवार्ड – जुनियरबाट दियाना सुवेदी, कक्षा ४, सिनियरबाट ग्रिष्मा राई, कक्षा ७
मोष्ट स्मार्ट चाइल्ड – जुनियरबाट रुचिका भटराई, कक्षा २, सिनियरबाट समृद्धी उप्रेति, कक्षा ८
मोष्ट सिन्सियर अवार्ड – जुनियरबाट ब्रिष्टिना पोखरेल कक्षा ३, सिनियरबाट श्रीजा चित्रकार, कक्षा ७
मोष्ट कन्फिडेन्ट अवार्ड – जुनियरबाट बिलक्षण बन्जारा, कक्षा २, सिनियरबाट सलिना नतालि मुसहर, कक्षा ९
मोष्ट इन्टेलिजेन्ट अवार्ड – जुनियरबाट ब्रिशंखसिं भण्डारी, कक्षा ४, सिनियरबाट रबिल खड्का, कक्षा ८
बेष्ट पर्शानालिटी अवार्ड – जुनियरबाट शान्भि न्यौपाने भटराई, कक्षा ५, सिनियरबाट आश्रिका अधिकारी, कक्षा ६
बेष्ट डिसिप्लिन अवार्ड – जुनियरबाट दीपशीखा मण्डल, कक्षा ४, सिनियरबाट सेरिका श्रेष्ठ, कक्षा ८
मोष्ट इमर्जींग चाइल्ड अवार्ड अन्य ४१ जनाले प्राप्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.