सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

चामे र गौँथलीको झैँझगडा कथा : ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित

काठमाडौं :

फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन्। शुक्रबार निर्माण पक्ष र सुहानाबीच फिल्म खेल्ने कागजी सम्झौता भएको हो। कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’माआधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’लाई सुशिल पोखरेलले निर्माण गर्न थालेका हुन्।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गर्दै फिल्मका लागि राम्रो पात्र चुनेको जानकारी दिएका छन्। मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको थियो। सोही बमोजिम फिल्म निर्माण अघि बढेको हो।

IVF Big

‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ। शुक्रबार फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन्।उनले पत्रकारसँगको कुराकानीमा भनिन्, ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें।’

उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारसँग काम गर्न पाउनु अर्को खुशीको कुरा रहेको बताइन्। उनले निर्माता पोखरेलको नाम लिदै भनिन्, ‘सुशील अंकलसँग सहकार्य गर्न पाउनु मेरो लागि अझ खुशीको कुरा हो।’

यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।

निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ।निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.