सुचना, समाचार र मनोरन्जन

बस्तीमा डोजर नचलाउन आग्रह गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुम्वासी

काठमाडौँको विभिन्न क्षेत्रका सुकुम्वासी बस्तीका प्रतिनिधिहरू बस्तीमा डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् ।

बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरू त्रसित छन् । सुकुम्वासीहरूले रास्वपाका नेताहरूसँग भेट गरी आफूहरूको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन्।

Chaka Panja

रास्वपाका नेताहरूले पार्टीले सुकुम्वासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसबारे आवाज उठाउने आश्वासन दिएका छन् ।

सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दै आएको छ । जसका कारण सुकुम्वासीहरू विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढकाइरहेका छन् । रास्वपा अहिले बहुमतका साथ सरकारको नेतृत्वमा छ ।

Leave A Reply

Your email address will not be published.