काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे पनि पार्टीमा औपचारिक पत्र आइनपुगेको जानकारी दिए ।
अर्का एक केन्द्रीय सदस्यका अनुसार सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको,आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।