सुचना, समाचार र मनोरन्जन

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौँ,

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.