सुचना, समाचार र मनोरन्जन

नेपालको राष्ट्रिय फल ‘सुन्तला’ किन्दा नेपालबाट १ अर्ब बाहिरियो

काठमाडौँ/

नेपालको राष्ट्रिय फल सुन्तला ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुँदा ठुलो रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ चैत मसान्तसम्ममा सुन्तला आयात हुँदा १ अर्ब ६ करोड १३ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।
सो मूल्य बराबरको १ करोड ५३ लाख ४३ हजार ६९५ किलो सुन्तला आयात हुँदा २० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तो सो अवधिमा ७ अर्ब ३४ करोडको स्याउ, १ अर्ब ४० करोड बराबरको ताजा अङ्गुर, ३२ करोड बराबरको खरबुजा, २५ करोड बराबरको आँप, २३ करोडको आरु २० करोडको मेवा, १७ करोडको किवी, ६ करोड बराबरको अम्बा आयात भएको छ ।

Leave A Reply

Your email address will not be published.