
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निखिलको चलचित्र ‘आचार्य’ को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक
- ‘द राइज अफ साम्राज्य’का लागि अमरप्रतापले साढे २ वर्षदेखि गरे ट्रेनिङ
- अमेरिकामा ‘पार्वती’को दबदबा, सुरुवाती तीन दिन नै हाउसफुल
- बाढीका कारण १३ औँ छायाँछवि तीज म्युजिक अवार्ड स्थगित, नतिजा सार्वजनिक
- असोज २ मा आउन लागेको ‘झिँगे दाउ २’ को दशैँलक्षित गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
- अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य क्षेत्रको व्यवसायमा: मेडिक्वेस्ट डायग्नोस्टिकको ब्रान्ड फेस नियुक्त
- पोखराको लेकसाइडमा लभबर्ड्स प्रिमियम आइसक्रिमको चौथो पार्लर सञ्चालनमा
- असोज ३ गते हुने पाँचौं राइट टु प्रोटिन रनको तयारी अन्तिम चरणमा
- ‘शताब्दी घर’मा लाखेको बिदाइ!
- भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
तनहुँ,
तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन ।
अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उहाँले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए ।
उनले भने, “भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध छन ।”
थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गर्नुभयो । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, “प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”
बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।