Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल
गण्डकी,
पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए ।
उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो रु पाँच छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८३, अरुवा सोना मनसुली चामल प्रतिकिलो रु ५९, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो रु ८५, अरुवा सोना मनसुली चामल ९एफआर० प्रतिकिलो रु ५९, चिनी प्रतिकिलो रु ९५ र जेठो बुढो चामल प्रतिकिलो रु २४५ मा उपलब्ध गराउने जनाइएको छ ।
त्यस्तै प्रतिकिलो रु १० छुटसहित अरुवा बास्मती चामल प्रतिकिलो रु १२०, चिनो प्रतिकिलो रु २५५, कागुुनो प्रतिकिलो रु २५५ र जुम्ली मार्सी प्रतिकिलो रु २२५ मा उपलब्ध गराइने उनले जानकारी दिए ।