सुचना, समाचार र मनोरन्जन

महिला क्रिकेट टोली आईसीसी टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

काठमाडौँ,

नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५–५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।

नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो । हङकङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर हङकङ १ जितमै सीमित भएको हो ।

९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३–३ टोलीबाट शीर्ष टोली सुपर थ्री मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् । नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.