सुचना, समाचार र मनोरन्जन

‘सल्लेरी पाखाहरू’लिएर आए सुरेन

काठमाडौं :

सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ। विशाल पौडेलको सङ्गीत, प्रदीप जोशीको मिक्सिङ,माष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ। दिपेन खडकाको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ । गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोताको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भन्नुभयो।

लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आउनुभएका गौतम अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफूलाई तल्लिन बनाउँदै आउनुभएको छ । उहाँका थुप्रै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन्।

Leave A Reply

Your email address will not be published.