सुचना, समाचार र मनोरन्जन

आज सूर्यग्रहण लाग्ने, नेपालमा के छ असर ?

काठमाडौँ,

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

Pach Pandav

आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने रु सुतक कति बजेदेखि लाग्छ रु लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।‍

आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.