काठमाडौं :
गत फागुन २९ गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म ‘आउट लः दफा २१९’ हिन्दी भाषामा पनि रिलिज हुने भएको छ। निर्माण टिमले नेपालका हलमा नेपाली भाषामा रिलिजपछि हिन्दीमा प्रदर्शन गर्न लागेको हो।
निर्माण टिमले मंगलबार नै फिल्मलाई हिन्दीमा डबिङ गरेर ट्रेलर समेत सार्वजनिक गरेको छ। यस फिल्मका लागि साउथको ‘केजीएफ’ लगायतमा हिन्दी डबमा स्वरांकन गरेका सचिन गोले गरेका छन्।
यस फिल्मका निर्माता अमित अग्रहरी र निशा गुइडे हुन भने निर्देशन विक्की महर्जनको छ। उनको नै लेखन रहेको यस फिल्ममा सुशील श्रेष्ठ,शिक्षा संग्रौला,नरेश पौडेल,सुमन भण्डारी लगायतको अभिनय छ। अमित र निशाको संयुक्त लगानीमा बनेको फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन रहेको छ।