सुचना, समाचार र मनोरन्जन

‘आउट ल’, पोस्टरमा सुशीलको ‘एंग्री मुड’को चर्चा

काठमाडौं :

नेपाली सिने उद्योगमा थुप्रै कलाकारहरुको उदय भएको छ। धेरै हिरोहरुको फिल्मबाट उदय हुन्छ तर गुमनाम हुन्छन्। तर ‘होस्टेल रिर्टन्स’ फेम्ड अभिनेता सुशील श्रेष्ठको चर्चा सदावहार छ।

Pach Pandav

उनको नयाँ फिल्म ‘आउट ल ः दफा २१९’को प्रदर्शन मिति घोषणा गर्दै बिहीबार एक फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। उनको त्यो पोस्टरको लुक्सले अहिले चर्चा पाइरहेको छ। यस वर्षको असोज ३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा समेत गरिएको छ।

सार्वजनिक पोस्टरमा स्टाइलिस तर ‘एंग्री मुड’मा देखिएका सुशिलले मेशिनगनको भुमिकामा उभिएका छन्। पोस्टर हेर्दा उनी कसैको बदलाको भाव देखिन्छन्। विक्की महर्जनद्वारा निर्देशित फिल्मले कानुन नमान्ने व्यक्तिको कथा भन्ने बुझिएको छ।

निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्मातामा छन् । फिल्मलाई नविन गुरुङले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.