
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
- विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
- बिर्सने रोग ‘डिमेन्सिया’ पहिचानका लागि बेलायतमा एआई परियोजना
- ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलरमै देखियो सलमान खान र नेपालका अनुप बिक्रमको धकेलाधकेल
- ‘हिमालयन गोल्ड’निर्देशक धिरज राजवंशी भन्छन्,‘मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन्’
- राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
- भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
- रानीपोखरीमा भाइटीका लगाउनेको भिड
- प्रधानमन्त्रीद्वारा नेपाल संवत्को शुभकामना
- देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भने, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।”
कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताए। अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरे । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताए ।

“शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौँ, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उनले भने ।
विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताए ।
Prev Post