सुचना, समाचार र मनोरन्जन

नवनियुक्त प्रधानमन्त्रीद्वारा ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे चासो ब्यक्त

काठमाडौँ,

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन।

प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन ।

सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले  दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई जनाए ।

प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको  बताए ।

Leave A Reply

Your email address will not be published.