सुचना, समाचार र मनोरन्जन

पर्यटकिय राजधानी पोखरामा ‘गण्डकी स्वजागरण उत्सव’ हुने

पोखरा/

पर्यटन राजधानी पोखरामा ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ । जीवन विज्ञानको आयोजनामा हुने स्वजागरण उत्सव यही फाल्गुन १० गते पोखरा रङ्गशालामा हुने भएको हो । सोही क्रममा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म विराट् चक्र विज्ञान समेत हुनेभएको छ ।

योग र ध्यानको पद्धतिबाट स्वस्थ, सदाचार, नैतिकवान् र राष्ट्रिय भावनाले ओतप्रोत जनशक्ति निर्माण गर्दै शिक्षित र युवा जनशक्तिलाई स्वदेश मै आफ्नो भविष्य खोज्न प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी स्वजागरण उत्सवका साथमा विराट् चक्र विज्ञान आयोजना गरिएको जीवन विज्ञानले जनाएको छ ।

पोखरामा आयोजना गरिएकाले ‘गण्डकी स्वजागरण उत्सव’ र विराट् चक्र विज्ञानले पोखराको पर्यटन, व्यापार र योग तथा ध्यानको प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गर्नुभयो । उहाँले सन २०२५ लाई पोखरा भ्रमण वर्षको रूपमा मनाइरहेका बेला जीवन विज्ञानको आयोजनामा हजारौँ मानिसहरूको जमघट अर्थपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो।

फाल्गुन १० गते बिहान ११ः३० बजेदेखि दिउँसो ४ बजेसम्म र ११ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म गण्डकी स्वजागरण उत्सव र विराट् चक्र विज्ञान हुनेछ ।

Leave A Reply

Your email address will not be published.