सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा नवौं स्वास्थ्य बिमा दिवश मनाइयो

पोखरा/

स्वास्थ्य विमा बोर्ड गण्डकी प्रदेश कार्यालयले एक कार्यक्रमका बीच आज पोखरामा नवौं स्वास्थ्य बिमा दिवस मनाइएको छ ।

कार्यक्रमको एक समारोहका बीच गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवम् गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य सचिव डा.रमेश केसीले उद्घाटन गरेका हुन ।

कार्यक्रममा उनले विश्वमा १४२ वर्ष अघिदेखि सुरु भएको स्वास्थ्य बिमा नेपालमा नौ वर्ष यता सञ्चालनमा रहेको बताउँदै शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुुपर्ने बताए ।

सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बिमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक भएको बताउँदै उनले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिबृद्धिमा जोड दिनुपर्ने बताएका थिए ।

उपचारमा आम सर्वसाधारणको सहज पहुँच पु¥याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ ।

स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको संख्या सकारात्मक रुपमा बढीरहेको बताउँदै आम सर्बसाधारणलाई बिमामा समेट्ने गरी प्रयास भैरहेको जानकारी गराए ।

विश्वव्यापी रुपमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको उल्लेख गर्दै उनले नेपालमा पनि यसलाई समय सापेक्ष रुपमा सुधार गर्दै अघि बढीएको बताए ।

नेपालमा स्वास्थ्य बिमाप्रति सकारात्मक भन्दा पनि नकारात्मक रुपमा प्रचार गर्ने प्रबृति कायमै रहेको बताउँदै उहाँले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गर्नुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले समाजका सबै बर्ग र समूदायलाई सहज तथा सुलभ स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यका साथ सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।

नकारात्मक सोचबाट माथि उठ्दै विद्यमान समस्या एवम् कमीकमजोरीलाई हटाउँदै आम जनता माझ यो कार्यक्रमलाई पु¥याउन सबैको साथ र सहयोग आवश्यक हुने उनको भनाइ छ ।

स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खरेलको सभापतित्व एवम् स्वास्थ्य बिमा दर्ता अधिकारी गौतम सिंह धामीले सञ्चालन गर्नुुभएको कार्यक्रममा विभिन्न अस्पतालका स्वास्थ्य बिमा फोकल पर्सनहरू मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पातालका विद्या बास्तोला, दृष्टि आइ अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारीहरू गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी लगायतले स्वास्थ्य बिमाको विद्यमान अवस्था, चुनौती लगायतका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेशको कुल जनसंख्या २४ लाख ६६ हजार ४२७ जना रहेकोमा २०८१ चैत २५ गतेसम्म बिमित हुनेको संख्या १२ लाख सात हजार १७२ पुगेको र उक्त संख्या कुल संख्याको ४९ प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइयो ।

गण्डकीका ११ वटै जिल्लामा लागु भएको यो कार्यक्रम ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको छ । प्रदेशमा सेवा प्रदायक अस्पताल÷संस्था भएको स्थानीय तह ४६ छन् भने सूचिकृत अस्पतालको संख्या ६० वटा रहेका छन् । त्यस्तै सेवा प्रदायक अस्पताल÷संस्था नभएको स्थानीय तह ३९ वटा रहेको कार्यक्रममा जानकारी गराइयो ।

Leave A Reply

Your email address will not be published.