सुचना, समाचार र मनोरन्जन

स्वस्तिमाले गरिन् प्रकाश सपुतको प्रशंसाा

काठमाडौं :

अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘वसन्त’प्रदर्शनको संघारमा छ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको यतिबेला निर्माण टिमले व्यापक प्रचारप्रसार थालेको छ।बिहिबार केहि पत्रकारहरु जम्मा पारेर काठमाडौंको स्टारमलको सबैभन्दा माथिल्लो तलामा छलफल राखिएको थियो।

उक्त छलफल कार्यक्रममा अभिनेत्री खड्काले फिल्मका लेखक,निर्देशक तथा अभिनेता प्रकाश सपुतको प्रशंसामा खर्चिएकी छन्। उनको लेखन तथा पात्र निर्माणमा निकै राम्रो भएको भन्दै प्रशंसाा गरिनन्।

‘प्रकाशजी चाहीँ यस्तो राइटर क्रेटर हो जसले क्यारेक्टरहरुलाई लिएर एकदमै क्लियर हुनुहुन्छ,’उनले भनिन्,‘त्यसबेला यो क्यारेक्टर (वसन्तको झोला बोकेको)निर्माण गर्दा त्यस्तो गाह्रो लागेन। किनकी प्रकाश आफ्नो क्यारेक्टरलाई लिएर क्लिर हुनुहुन्छ सानो सानो कुरालाई लिएर। म जस्तो छु त्यो भन्दा भिन्न क्यारेक्टरलाई लिएर।’

Leave A Reply

Your email address will not be published.