सुचना, समाचार र मनोरन्जन
Sarangi

स्वस्तिमा खड्कापछि प्रियंका कार्की पनि ‘हरिबहादुरको जुत्ता’मा प्रवेश

काठमाडौं :

हरिवंश आचार्यको मुख्य भुमिका रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ स्वस्तिमा खड्कापछि प्रियंका कार्की अनुबन्धित भएकी छन्। सरोज ओलीले निर्माण गर्न लागेको यो फिल्ममा प्रियंका पनि जोडिएकी हुन्।

गीतका म्युजिक भिडियोमा सहकार्य गर्दै आएका ओली र कार्कीले फिल्ममा पनिसँगै सहकार्य गर्न लागेका हुन्। त्यसैले यो फिल्ममा कलाकारको ‘लाइनअप’ रोचक बन्दै गइरहेको अनुमान गर्न सकिन्छ।यसअघि यो फिल्ममा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका थिए। निर्माताले प्रियंका र स्वस्तिमासँग एकैदिन कागजी सम्झौता गरेका हुन्।

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म आगामी माघको दोस्रो सातादेखि काभ्रेबाट छायांकन हुने निर्माण पक्षदे जानकारी दिएका छन्।यस फिल्मका निर्देशक खनाल र अभिनेत्री कार्कीको यो चौंथो सहकार्य हुनेछ। किनभने यसअघि ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा उनीहरुले सहकार्य गरेका थिए। हरिवंश आचार्य स्वयंको पटकथा तथा संवाद रहने फिल्म कमेडी जनराको हुने निर्माता ओलीको भनाई छ। सरोजले हरिवंश र प्रियंकासँग थुप्रै गीतमा सहकार्य गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.