सुचना, समाचार र मनोरन्जन
Auto

प्रकाश सपुतपछि ‘सोल्टिनी’मा तक्मे बुढा

काठमाडौं :

फिल्म ‘सोल्टिनी’मा मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन्। निर्माण टिमले प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा गरेको केहि दिनमा नै राई अनुबन्ध भएका हुन्। यो फिल्ममा प्रकाश सपूतले ’भीमसेन पोखरेल’ र परिक्षा लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउने निर्माण पक्षले जानकारी दिएका छन्।

sfal

यो फिल्ममा भोजपुरको कुनै गाउँमा आधारित रहने भएको हुनाले तक्केबुढालाई अनुबन्ध गरिएको अनुमान गर्न सकिन्छ। अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको यो फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथालाई प्रस्तुत गर्ने छ।

यो फिल्ममा प्रकाश,परिक्षा र तक्मेका अलवा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्। फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत,सुशन प्रजापतिको छायांकन गर्नेछन्। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्ममा रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेका छन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी रहेका छन्।

यहि पुष १५ गतेबाट छायांकनमा निस्किन लागेको यो फिल्मको प्रदर्शन आगामी असोज ३ गते संविधान दिवसको दिन हुनेछ। ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन्। डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.