सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

तमु ल्होसारको अवसरमा उल्लासमय बन्यो पोखरा, तमु धिं नेपालको ¥याली (तस्बिरहरु)

पोखरा ।

गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । पोखरा लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । पोखरामा तमु धिं नेपालले सरसफाई कार्यक्रम, स्वास्थ्योपचार सहयोग हस्तान्तरण, दीप प्रज्वलन एवम् शुभकामना आदानप्रदान, स्यो कैं कार्यक्रम, ल्होछार शुभकामना ¥याली र परम्परागत छेलो प्रतियोगिता जस्ता कार्यक्रमको आयोजना गरेको छ ।

IVF Big

 

तस्बिर :सुरज गुरुङ

Leave A Reply

Your email address will not be published.