
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मतदानको अधिकार सहज बनाउन निर्वाचन प्रणाली बदल्नुपर्छः आयुक्त डा. सुब्बा
- भोटेकोशी बाढीले बगाएका पशुका अवशेष खोज्दै, आम्दानीको स्रोत गुम्दा जीविकोपार्जनमा समस्या
- महाकालीको मोटरेबल पुल सञ्चालनमा, स्थानियमा उत्साह २४ सै घण्टा पुल सञ्चालनको माग
- राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने
- रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटनमा बल्ल पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- एभरेस्ट एफएमको रक्तदान मंसिर १२ गते शनिबार, तयारी अन्तिम चरणमा
- रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
- निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
- बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
तनहुँको चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
तनहुँ,
यहाँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको जानकारी दिनुभयो ।
उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भानुघर निर्माणका लागि बजेट प्रस्ताव गरिएको छ ।”
स्थानीय सन्देश आचार्यले उद्यानले यस क्षेत्रकै विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भानु साहित्य उद्यानले यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र साहित्यिक उन्नयनका लागि ठूलो टेवा पुग्नेछ ।”

चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा भानु भवन निर्माण गरिनेछ । सो भवन परम्परागत गोलघर शैलीमा निर्माण गरिने र उक्त घरमा भानुभक्त आचार्यका जीवनीको सम्पूर्ण पक्षलाई चित्राङ्कन गरी उहाँको जीवनी र स्मृतिसँग सम्बन्धित चित्रकृति राख्ने प्रस्ताव गरिएको छ ।
उक्त भवनको माथि ५४ फिट अग्लो पलेँटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिनेछ । गुरुयोजनाअनुसार दक्षिण दिशामा विविध भाषा, साहित्यिक स्रष्टाको मूर्ति निर्माण गरिनेछ । मूर्तिबाटिकाको तल भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञाभवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र निर्माण गरिने योजना रहेको छ ।
उद्यान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले गुरुयोजना कार्यान्वयनका लागि ४३५ रोपनी जग्गा अधिग्रहण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।”
उद्यानका लागि हालसम्म एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ ।
Prev Post
Next Post