सुचना, समाचार र मनोरन्जन

फिल्म ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा

काठमाडौं :

जुनिम गहतराजको निर्देशनमा भएको फिल्म ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फागुन ९ गतेबाट हुने जानकारी दिइएको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत गरिएका छन्। पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर,अंकित खड्का,अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन्। यो फिल्मबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन्। कमल कार्की र गोपाल कटुवालको पनि फिल्ममा अभिनय रहेको छ।

महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्मले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ। एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानेको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

निर्देशक जुनिमले यसअघि फिल्म ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ स् भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी फिल्ममा कलरिस्टको रूपमा काम गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.