सुचना, समाचार र मनोरन्जन

टंक बुढाथोकीको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा डेब्यु गर्दै रमेश बिक

काठमाडौं :

गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। बुढाथोकीले आइतबार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गर्दै फिल्म निर्माणमा हात हालेका हुन्।

Protin

यस फिल्मलाई संगीतकार टंक बुढाथोकी आफैले निर्माण तथा निर्देशन गर्दैछन्। लक्ष्मी गिरी कार्यकारी निर्माता रहने यस फिल्ममा बिनय अधिकारी सह निर्माता रहने निर्माण टिमले जानकारी दिएका छन्। सामाजिक कथामा बन्ने यस फिल्मबाट यहि गीतका गायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनय गर्ने पक्का पक्की भएको छ।

यहि फिल्मबाट अर्को कलाकार नायक रमेश बिकको डेब्यु हुदैछ। निर्देशक टंक बुढाथोकीले फिल्ममा बिकलाई अनुबन्धित गरेको जनाकारी दिए। निर्देशक टंककै कथा रहेको यस फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।

तिहार लगतै छायांकनमा जाने भनिएको यो फिल्ममा अभिनेत्रीको टुङ्गो लागेको छैन भने अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी निर्माण पक्षको छ।

Leave A Reply

Your email address will not be published.