सुचना, समाचार र मनोरन्जन

माओवादीकाे तराई–मधेश जागरण अभियान पुनः शुरू

काठमाडौं/

नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान पुनः शुरू गरेको छ । यसअघि अभियान चलिरहेको बेला राजावादीहरूको प्रदर्शन भएपछि त्यसको प्रतिरोध गर्न अभियान रोकेर माओवादी नेताहरू काठमाण्डौ फर्किएका थिए ।

अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् । भोलि बाँके र पर्सि बर्दियामा अभियान चल्नेछ । अभियानले पार्टीसँग नागरिकलाई जोड्न प्रभावकारी काम गरिरहेको माओवादीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.