
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पढाइलाई असर नपुग्ने गरी दशैँमा प्रशिक्षण: ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को तयारी तिब्र
- बुटवलमा ‘आ बाट आमा–२’ को भव्य कन्सर्ट, पल शाह र विपना थापालाई हेर्न बिहानैदेखि दर्शकको भीड
- न्यायको मन्दिरमा गुटको छायाँ: गरिमा र विश्वासको पुकार
- नायिका प्रियंका कार्कीको उपस्थितिमा पोखरामा ‘फेवा मसला’ सार्वजनिक
- उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
- सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने
- कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो
- लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा
- सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा
- ‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
गण्डकी,
पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।
तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातरको ।वर्षाले केही असर भने पु¥याएको उहाँले बताउनुभयो ।
“स्थानीय उत्पादनको प्रवर्द्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ”, उहाँले भन्नुभयो । कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहको तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको छ ।
पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा न १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडरियाले जानकारी दिनुभयो । उहाँका अनुुसार मेलाका अवसरमा तरुबजासम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा हुनेछ ।