सुचना, समाचार र मनोरन्जन

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजस्व बढेको जानकारी दिए ।

Pach Pandav

गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । ‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ’, उनले भने ।

भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो ।

Leave A Reply

Your email address will not be published.