सुचना, समाचार र मनोरन्जन

‘तेल भिसा’को ट्रेलर : सुत्केरी बुहारी स्याहार्न नेपालदेखि अमेरिका पुगेकी एक सासूको कथा

काठमाडौं :

अमेरिकामा रहेका सन्तानले नाती नातिना स्वाहार्न नेपालबाट आमा सासू र्लैजाने गरेका छन्। यहि विषयमा विपिन कार्की, वर्षा राउत, पूजा चन्द र ऋचा घिमिरे स्टारर फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ।

Chaka Panja

शुक्रबार निर्मााण् टिमले ३ मिनेट ३६ सेकेन्ड रनटाइमको ट्रेलरले सुत्केरी बुहारी स्याहार्न नेपालदेखि अमेरिका पुगेकी एक सासूको संघर्षलाई बुझाउन खोजिएको छ। फिल्मको ट्रेलरमा विपिन कार्कीलाई दोहोरो भूमिकामा उतारिएको छ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी ऋचा घिमिरेले निर्माण गरेको यो फिल्ममा विपिनका अलवा,उनी आफै पनि देखिएकी छन्। वर्षा राउत,बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय रहेको छ।

अमेरिकाको मेरिल्याड र नेपालका विभिन्न भूभागमा फिल्म खिचिएको फिल्मलाई वेलडन क्रिएसनले फिल्म निर्माण गरेको हो। फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.