सुचना, समाचार र मनोरन्जन

छैटौं टाइगर कपमा महिलातर्फको उपाधि न्यू डायमन्डलाई

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज सम्पन्न महिलातर्फको फाइनल खेलमा न्यू डायमन्डले पुलिसलाई २५–११, २५–२२ र २५–१६ ले हरायो । च्याम्पियन बनेको न्यू डायमन्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । थाइल्यान्ड क्विन्स तेस्रो भएको छ ।

न्यू डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फको फाइनल खेल भोलि हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.