
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पेन्सन पट्टा र कबड्डी ५ को कमाईले दयाहाङको मुहारमा चमक
- कांग्रेस आफैँमा तरुण बन्दै गएको अनुभूति भएको छः विश्वप्रकाश शर्मा
- हरिवंश आचार्यको डबिङसँगै सुरु भयो फिल्म ‘चिरञ्जीवी भवः’को पोस्ट प्रोडक्सन
- सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधिमा कुनै भिन्नता छैनः मन्त्री पोखरेल
- काजीको मनोभाव समेटिएको ‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक
- एनपीएलः जनकपुरले काठमाडौंलाई हरायो
- विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस
- कांग्रेसको युवा क्लस्टरमा उमेर विवाद, सौगात थापाद्धारा निष्पक्ष छानविनको माग
- अब आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव
- नेपाल प्रिमियर लिगमा आज दुई खेल हुदै
विश्वकपको ट्रफी नेपालमा ल्याइने
काठमाडौँ,
भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।

आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ ९क्यान०द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।
Prev Post