पोखरा,
पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यामिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जीवन, कर्पोरेट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थी र अभिभावकलाई प्रेरणादायी भाषणमार्फत अभिमुखीकरण दिएका थिए ।

सकरात्मक सोंचाई नै सफलताको मुख्य सुत्र रहेको कटवालले बताए । ‘अवको दुई वर्षको मेहनतले भविष्य निर्धारण गर्छ । विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने बाटो खुल्छ’ उनले भने, ‘त्यसैले सकरात्मक सोंचका साथ पढाइलाई अघि बढाउन अनुरोध छ ।’ उनले कुनै पनि कामको सफलतामा शिक्षासंगै इच्छा पनि आवस्यक हुने बताए । कुनैपनि बहानाबाजी बनाउन नहुने, अल्छीपना हुन नहुने, ऐश, आराम र रमाईलोमा भूल्न नहुने, ओछ्यानको न्यानोपना र उस्तै परे परिवारको माया ममता पनि केही समयका लागि त्याग्न सकेमा सफल भइने र सधै उत्साहित हुन विद्यार्थीलाई उनले आग्रह गरे ।

