पोखरा,
विश्व खाद्य दिवसको अवसरमा बार्दली मिडिया प्रा.लिद्धारा सञ्चालित पब्लिक फोर के टेलिजिभनले ‘कृषि पर्यटन गीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ । टेलिभिजनले पोखरा महानगरपालिकाको कृषि सञ्जाल तथा छिमेकी जिल्लाका कृषक समूहबीच प्रतियोगिता आयोजना गर्न लागेको हो ।
४६औँ विश्व खाद्य दिवसका अवसरमा असोज ३० गते शुक्रबार पोखरा स्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रतियोगिता हुने कार्यक्रम संयोजक घनश्याम पाण्डेले जानकारी दिए । यसअघि भदौ २२ गते आयोजना गर्ने भनिएको कृषि तीज गीत प्रतियोगिता भोटेकोशी बाढीका कारण स्थगित गरिएको थियो ।
प्रतियोगितामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार पशुपति शर्मा, प्रजापति पराजुली, माया गुरुङलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रतियोगितामा कृषक समूहले कृषि, उत्पादन, पर्यटनसँग सम्बन्धित गीत प्रस्तुत गर्नेछन् । १२ देखि १५ समुह सम्मको प्रस्तुति रहने प्रतियोगितामा लोकलय र भजनमा गीत प्रस्तुत गर्नेछन ।


टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीका अनुसार दशैंको अवसरलाई समेत लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा सहुलियत मूल्यका खाद्यन विक्रि तथा रैथाने कृषि उपजको स्टलसमेत राखिनेछ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्व खाद्य दिवस किसानको लागि महत्वपुर्ण दिन भएको भन्दै यस महत्व अझ तल्लो तह सम्म पु¥याउन यस्तो कार्यक्रमले महत्ववुर्ण भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रमलाई कृषि सञ्जालसँग जोडेर अघि बढाउन लागिएको बताए । उनका अनुसार असोज ३० गते बिहान १० बजे पोखरा १ स्थित पृथ्वीनारायण क्याम्पसको तल्लो गेटदेखि माथिल्लो गेट हुँदै गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलसम्म कृषि झाँकीसहितको ¥याली निकालिनेछ ।
कार्यक्रममा कृषि झाँकी, बाजागाजासहितको ¥याली, कृषक समूहबीच गीत प्रतियोगिता तथा कृषि उपजको प्रदर्शनी रहनेछ । विश्व खाद्य दिवसको अवसरमा कृषि क्षेत्र, कृषक र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।