सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

काठमाडौं : सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म ८ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

 

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले पर्यटक आगमन बढेको छ । अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् ।

 

अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताउनुभयो । सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा ६ हजार ६ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए । मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ ।

 

IVF Big

अमेरिकाबाट अगष्ट ५ हजार ६ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा ४ हजार ९१५ र अगष्टमा ४ हजार ८५१ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए ।

 

सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार ३१४, सन् २०२१ को सेप्टेम्बारमा ९ हजार ९०७ र सन् २०१९ मा ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

 

कुन महिनामा कति पर्यटक

 

मार्चमा सबैभन्दा बढी १ लाख २८ हजार १६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३७६, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.