सुचना, समाचार र मनोरन्जन
Pdms

नरेश प्रधानको ‘तिमीलाई पाउँदा’मा कुन्साङ र श्रद्धा

काठमाडौं :

गीतकार एवं सामाजिक अभियन्ता नरेश प्रधानको शब्द रचनामा ‘तिमीलाई पाउँदा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उनले हालै युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

प्रताप दास र अस्मिता अधिकारीलेगाएको यो गीतमा संगीत एलिस कार्कीले गरेका छन्। बाबु प्रधानले संगीत संयोजन गरेको यो गीतको मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीको छ। स्टुडियो साउण्डमिलको प्रस्तुतिमा निर्माण भएको उक्त म्यूजिक भिडियोमा नायक कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीको रोमाञ्चक अभिनय हेर्न सकिन्छ।

निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ। राजेन्द्र मोक्तानले भिडियोको कलरिङ गरेको यो गीतको भिडियोमा समरा जोशीले कलाकार द्वय कुन्साङ र श्रद्धाको मेकअप गरेकी छन्।

Leave A Reply

Your email address will not be published.